स्थानीयद्वारा घोडाघोडी-६ को वडा कार्यालयमा तालाबन्दी

२९ असार,सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताको वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

वडा अध्यक्षले आर्थिक वर्ष २०८०/०८१ योजना छनोट गर्दा स्थानीयहरूसँग छलफल नगरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन ।

आर्थिक वर्ष २०८०/०८१ को वडामा विनियोजित बजेटमा
वडा अध्यक्षले एकलौटी ढङ्गले वडामा बजेट विनियोजित गरेको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य स्थानीय बताउँछन् ।

पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको उनीहरूको भनाई छ । जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न स्थानीयहरूको माग रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार