सुदुरपश्चिम विशेष

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क,…
पुरा पढ्नुहाेस्
श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

 बौनिया । श्री जम्नेहेटा  सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
पुरा पढ्नुहाेस्
लागू औषधसहित कञ्चनपुरमा २ जना पक्राउ

लागू औषधसहित कञ्चनपुरमा २ जना पक्राउ

कैलालीः कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन । पक्राउ परेका उनीहरूको साथबाट ० दशमलव ९५ ग्राम लागु औषध (खैरो हिरोइन) र पुरोक्सोइन स्यास लेखिएको ११ वटा क्याप्सुलसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुरा पढ्नुहाेस्
मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

कैलाली । बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।  मौसममा आएको परिवर्तनसँगै  जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामीको चाप बढेका छ । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया–६ मा मनायो मनाइयो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। ६ मा संविधान दिवस मनाइएको छ। वडा नम्बर ६ को आयोजनामा पृथ्वीपुर चौराहामा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। फोटो फिचर  
पुरा पढ्नुहाेस्
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

कैलाली । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। हायसले ठक्करबाट घाइते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो । कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ। उनलाई धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले ठक्कर दिएको थियो। हायसले ठक्करबाट घाइते भएका उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरिया । संविधान दिवसको पूर्वसन्धयामा कैलालीको बर्दगोरिया गाउँपालिकाको मूख्य बजार सडकपुर बौनिया बजार सरसफाई गरिएको छ । बर्दगोरिया गाउँपालिका कैलालीको आयोजनामा उक्त बजार सरसफाई कार्यक्रम गरिएको हो । बजार सरसफाई कार्यक्रममा बौनियाँ बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, शस्त्र वेश क्याम्प झगडपुर, अस्थायी ट्राफीक पोष्ट बौनीयाँ, स्थानीय व्यापारी र स्थानीय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो । यस्तै भोली अर्थात असोज ३ गतेका दिन मनाइने संविधान दिवस बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि भव्य रुपमा मनाइने भएको छ ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्