सन्दीपको निलम्बन फुकुवा: विश्वकप खेल्ने बाटो खुल्यो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाए सँगै नेपाल क्रिकेट संघ (क्यान) ले गरेको निलम्बन पनि फुकुवा भएको छ । बलात्कार मुद्दामा दोषी भनिएका लामिछानेलाई आज उच्च अदालत पाटनले सफाई दिए पछि नेपाल क्रिकेट संघ (क्यान) ले उनी विरुद्ध गरेको निलम्बन एक विज्ञप्ति जारी फुकुवा गरेको जनाएको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनको अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला भएको छ । यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा…

















