
महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
काठमाडौँ । गए राती सम्पन्न जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाए सफल भएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह ए मा लगातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ ।…