राजनीति

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज राष्ट्रियसभाको बैठक आज बस्दै छ ।सङ्घीय संसद्अन्तर्गत बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् । साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्
एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’
पुरा पढ्नुहाेस्
समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

१३, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान…
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन

९ फागुन, मसुरिया कैलाली । एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् । गौरीगंगामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गिता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरुमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन्…
पुरा पढ्नुहाेस्
उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

चितवन । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले चितवन क्षेत्र नं २ मा हुने उक्त उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले एक सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन…
पुरा पढ्नुहाेस्
आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन १ गते अर्थात जनयुद्ध दिवस । आज सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक…
पुरा पढ्नुहाेस्
लुम्बिनी प्रदेशले पायो पूर्णता

लुम्बिनी प्रदेशले पायो पूर्णता

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शनिबार साझ मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन्। यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।  त्यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टिका कैलारि सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश

नागरिक उन्मुक्ति पार्टिका कैलारि सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश

कैलाली । नागरिक उन्मुक्ति पार्टिका कैलारि गाउँकमिटी सचिव मनाेज चाैधरि नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन । उनी माओवादी केन्द्र निकट अखिल (क्रान्तीकारि) मा  प्रवेश गरेका हुन । नागरिक उन्मुक्ति पार्टी केही भुगाेल र जात लक्षित पार्टी मात्र भएकाे र कुनै ठाेस  सिद्धान्त र उदेश्य नभएको बताउदै सबैलाई मिलाएर लिने र देशकाे हित चाहने पार्टी माओवादि केन्द्र र भएकाे भन्दै आफू अखिल (क्रान्तीकारि) मा प्रवेश गरेकाे चा‌धरिले बताए । उनलाई अखिल (क्रान्तीकारि) केन्द्रीय सचिवालय  सदस्य पदम काफ्ले, प्रदेश कमिटी मुख्य सचिव डम्बर भट्टराई,केन्द्रीय सदस्य  तथा कैलाली ईन्चार्ज जीवन बि.सि. कैलाली जिल्ला संयाेजक  शिवराज सञ्ज्याल लगाएतले  संगठनमा स्वागत गरेका हुन्। अखिल…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

२७, पौष, कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन्। सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्रीमा रावल चयन भएका छन्। एमाले संसदीय दलका नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादीले…
पुरा पढ्नुहाेस्