राजनीति

सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत गठित चारवटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार चारवटा विषयगत समितिलाई पूर्णता दिन आइतबार प्रदेश सभा सदस्यहरुसँग सभामुख भीमबहादुर भण्डारीले छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरिने छ। मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ। त्यस्तै असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ। समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बस्ने गरेको छ। जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं…
पुरा पढ्नुहाेस्
जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

स्वर्गद्धारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनतासँग पार्टीलाई जोड्ने केन्द्रीय योजना अनुसार देशव्यापी रुपमा ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उत्साहजन ढंगले विविध सामाजिक काम गरेर उद्घाटन भएको छ । माओवादी केन्द्रले हिजो भाद् १६ गते उक्त तीन महिने अभियानको देशका सबैं वडा, गाउँबस्तीहरुबाट नेता कार्यकर्ता र जनताको व्यापक सहभागीतामा अभियानको उद्घाटन गरेको हो । माओवादी केन्द्रको हालै सम्पन्न (श्रावण १७–२१) केन्द्रीय समिति बैठकबाट ठोस गरिएको अभियानका क्ममा माओवादी केन्द्रका पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, आयोग, प्देश पदाधिकारी र संघ संगठन मोर्चाका जिम्मेवार नेताहरुलाई अन्तर जिल्ला तथा अन्यलाई अन्तर पालिका, अन्तर वडामा हुने गरि कार्यक्षेत्र विभाजन गरेको…
पुरा पढ्नुहाेस्
“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

“जनतासँग माओबादि बिशेष रुपान्तरण अभियान” बर्दगोरिया र घोडाघोडी स्वागत

बर्दगोरिया । नेकपा माओवादी केन्द्रको "जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान" आज बाट देशभर शुभारम्भ भएको छ। जस अनुसार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको नेकपा ( माओबादी केन्द्र) गाउँ कमिटीले पनि आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ भएको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा बर्दगोरिया गाउँपालिकाका लागि मनोनीत अभियानका संयोजक हरि चौधरी (उत्सव) रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले अब पार्टीलाई बलियो मजबुत बनाउने जिम्मा सबैको रहेको बताए । उनले भने पार्टी कसरी बिग्रन पुग्यो? कस्को कारण बिग्रीयो? किन बिग्रीयो ? भन्ने कुरा सहायक राख्दै पार्टी केन्द्रको निर्देशन अनुसार सबैले…
पुरा पढ्नुहाेस्
तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र) का नेताहरू यतिखेर वडा–वडामा पुग्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) का नेताहरु यतिखेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेका हुन । साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ । भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ…
पुरा पढ्नुहाेस्
जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई सफल बनाउन अहिले पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारी समाल्दै स्थानीय तहमा गइरहेका छन ।   जस अनुसार पार्टीका केन्द्रिय सदस्य लोकराज जैशी (लोकेश) पनि आफ्नो जिम्मेवारी लिदै प्युठानको स्वर्गद्वारी गाउँपालिका पुगेका छन । प्युठानको स्वर्गद्वारी र माण्डवी गाउँपालिकाको जिम्मेवारी सम्माले का उनी हिजो मात्र जिल्लाको स्वर्गद्वारी नगपालिका पुगेका हुन । स्वर्गद्वारी नगरपालिका पुगेका उनलाई पार्टीका स्वर्गद्वारी नगर कमिटीको पदाधिकारीको बैठकले एक कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।   बैठकमा पार्टीको जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा व्यपक रुपमा छलफल भएको थियो…
पुरा पढ्नुहाेस्
जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनता सँग माओवादी विशेष कार्यक्रम अन्तर्गत प्यूठानका नेता कार्यकर्ताहरु जनताका घरघरमा जाने भएका छन। जिल्ला समन्वय समिति प्युठानको शुक्रवार जिल्ला पार्टी कार्यालय शहिद प्रतिष्ठानको भवन जुम्रिमा सम्पन्न पार्टी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टी केन्द्रिय समितिले संचालन गरेको 'जनता सँग माओवादी विशेष रुपान्तरण' अभियान लाइ सफल बनाउने निर्णय गरेको छ।अभियानलाई सफल बनाउन पार्टीले जिल्ला इन्चार्जको रुपमा निर्मल आचार्यलाई खटाएको छ। प्युठानका संयोजक नमराज अधिकारी ‘रोशन’ को अध्यक्षतामा संचालन भएको बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं अभियान इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्यहरु नारायण प्रसाद अधिकारि, पितबहादुर महतरा, रुद्र बन्जाडे, लोकराज जैसी, लुम्विनी…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शुक्रवार बर्दगोरिया गाउँलालिका वडा नम्बर २ मा अवस्थित बौनिया बजार व्यवस्थापन समितीको सभा हलमा युवा संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ कैलाली जिल्ला कमिटी सदस्य तथा बर्दगोरिया इन्चार्ज दिपक गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही ले राष्ट्रिय युवा संघ नेपालले देशको हक हितमा निरन्तर आवाज उठाउदै आएको बताए । राष्ट्रिय युवा संघले विगत देखि हाल…
पुरा पढ्नुहाेस्
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेको बहिष्कार

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेको बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । बिहान साढे ८ बजे का लागि शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहभागी नहुने जनाएको छ ।  राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए । एमाले सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ । विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
पुरा पढ्नुहाेस्
शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । प्रस्तावित ऐनको मस्यौदा अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै पनि दलको सदस्यता लिन नपाउने भएका हुन । एनका अनुसार यदि शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ । मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ । त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको…
पुरा पढ्नुहाेस्