नेकपा (माओवादी केन्द्र)मा गुटबन्दी स्विकार्य छैन : उपाध्यक्ष महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गर्नुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, पार्टी केहि विग्रीएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडी बढ्न सकिन्छ ।

उपाध्यक्ष महराले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, घेराबन्दीको बिचमा अगाडी बढ्नका लागि दृढ शकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरीपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौ ।

माओवादी नेतृत्वको सरकारका विरुद्ध बैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको माओवादी उपाध्यक्ष महराले बताउनुभएको छ ।उहाँले बैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्का लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गर्नुभएको छ । सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउदँै धेरै चिज गुमाएको महशुस भइरहेको पनि उपाध्यक्ष महराले स्मरण गर्नुभएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार