समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै

२३ असार, काठमाडौं। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज ४ बजे बस्ने भएको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा बस्ने भएको हो ।
बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

मोर्चा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते घोषणा गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार