नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा तथा भवन उद्घाटन सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अब सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ। सहकारीले आफ्नै लगानीमा २४ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण कार्य सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष भिम सिंह जाब्लीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जिल्ला ग्रामीण सहकारी संस्थाका अध्यक्ष कृष्ण खत्री विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नमुना ग्रामीण विद्युत सहकारीले वडा नम्बर ४ को नौनिया क्षेत्रमा विद्युत…
















