समाचार

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।   छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।   राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।  
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।   यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी निर्वाचित भएका छन् भने सचिवमा वीर बहादुर साउद पुनः दोहोरिएका छन्। कोषाध्यक्षमा लालसरा बोगटी निर्विरोध चयन भएकी छन्।   साधारण सभाबाट सदस्यहरूमा सुईते साउद, चन्द्र बहादुर दमाई, लालबिरा बोहरा, ठगुवा भुल र केशव बहादुर शाह निर्वाचित भएका छन्। त्यसैगरी लेखा समितिको संयोजकमा मान सिंह साउद चयन हुँदा सदस्यहरूमा बिन्द्रा देवी बिष्ट र मन्माजे साउद चयन…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान; यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा…
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा तथा भवन उद्घाटन सम्पन्न

नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा तथा भवन उद्घाटन सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अब सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ। सहकारीले आफ्नै लगानीमा २४ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण कार्य सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष भिम सिंह जाब्लीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जिल्ला ग्रामीण सहकारी संस्थाका अध्यक्ष कृष्ण खत्री विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नमुना ग्रामीण विद्युत सहकारीले वडा नम्बर ४ को नौनिया क्षेत्रमा विद्युत…
पुरा पढ्नुहाेस्
काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटना

काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटना

कैलाली । काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूको तत्काल उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ। बस सडकमै पल्टिएकाले उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम जारी राखेको जनाएको छ। घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुगाइएको प्रहरीले जनाएको छ । अन्य विवरण आउन बाँकी…
पुरा पढ्नुहाेस्
काठमाडौँमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स जहाजको चक्कामा लाग्यो आगो

काठमाडौँमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स जहाजको चक्कामा लाग्यो आगो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स जहाजको चक्कामा आगो लागेको छ ।   सोमबार बिहान इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्स जहाजको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने ।   अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी(वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए । विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; मेघगर्जन र चट्याङसहित मध्यम वर्षा 

मौसम पूर्वानुमान; मेघगर्जन र चट्याङसहित मध्यम वर्षा 

काठमाडौँ । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ भने देशका अन्य भू–भागहरूमा आंशिक बादल देखिएको छ। हाल कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।…
पुरा पढ्नुहाेस्
राष्ट्रिय परीक्षा बोर्डः एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्डः एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।     परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए ।     ‘त्यस्तो कुनै समस्या आएन भने यो महिनाभित्र अर्थात नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ’, सदस्य सचिव अर्यालले रातोपाटीसँग भने, ‘कुनै प्राविधिक समस्या नआएको खण्डमा अबको चार दिनभित्र नतिजा सार्वजनिक हुन्छ ।’   परीक्षा नियन्त्रण…
पुरा पढ्नुहाेस्
मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।     एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा उल्लेख छ । यस्तै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भनिएको छ ।     ‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’,…
पुरा पढ्नुहाेस्
अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा

अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा

काठमाडौं । उच्च अदालत पाटनले गत १५ वैशाखमा नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शनीमा लगाएको रोकलाई बुधवार फुकुवा गरेको छ । यो सँगै यस अघि रोक्का भएको चलचित्र ‘लालीबजार’लाई अब चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शनको बाटो खुलेको छ । अब यो चलचित्रलाई २५ वैशाखबाट चलचित्र घरमा रिलिज गरिने यसका निर्देशक यम थापाले बताएका छन् ।   वादी समुदायकी एक युवती रोशनी नेपाली वादीले १४ वैशाखमा चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्नको लागि माग गर्दै सच्च अदालत पाटनमा रिट हालेकी थिइन् । सो रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासमा बुधवार बहस भयो । सो बहसको अन्तिममा न्यायाधीशद्वय तिवारी र…
पुरा पढ्नुहाेस्