बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु
२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक…

















