
नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न
बौनियाँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दल बहादुर तिरुवाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी समेत गरेको छ । सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले हरेक सामुदायिकका पीडा बोक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको जिकिर गरे । उनले भने– “विगतलाई निहाल्ने हो भने विगतका दिनमा दलित, जनजाति, महिला लगायत पिछडिएका वर्ग तथा समुदायले आफ्नो आवाज खुलेर राख्ने अवस्था नभएको…