थारु राष्ट्रिय मुक्ति मोर्चालाई सम्बोधन गर्न प्रचण्ड आज टीकापुरमा आउदै
कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल आज टीकापुर आउने भएका हुन । टीकापुर भानु चोक स्थित खुला मैदानमा हुने राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको बताइएको छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने छन् । थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले उपत्यका विशेष जिल्लाबाट समेत सम्मेलनमा प्रतिनिधि सहभागी हुने बताएका छन् । ‘सम्मेलनकि सबै तयारी पूरा भएको छ ।, उनले…

















