७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो
बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा कल्बको आयोजनामा सातौ संविधान दिवश मनाइएको छ । दिवसको अबसरमा स्थानीय कट्टिपुर चौराहामा दीप प्रज्वलन गरिएको छ । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहनुभएको थियो भने विशिस्ट अतिथिका रुपमा डाफे ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर विष्ट थिए । सो अबसरमा बोल्दै प्रमुख अतिथी गौतमले ७ औ संविधान दिवसले हरेक नेपालीको घरमा शुख शान्ती र समृद्धिको बिगुल छर्न महत्त्वपूर्ण भुमिका खेलोस भनी शुभकामना दिए । उनले नेपाली जनताको त्याग तपस्या र वलिदानी…














