बौनिया बजारमा ढल निकासका लागि शिलान्यास

बौनिया/ पुष ०४ बर्दगोरिया गाउपालिकाको मुख्य बजार बौनिया बजारमा ढल निकासका लागि शिलान्यास गरिएको छ ।

सोमबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले ढल निकासको शिलान्यास गर्नुभएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बौनिया बजारमा ढल निकासको लागि टेण्डर निकालेको थियो । टेन्डर टिकापुरको रश्मि निर्माण सेवाले १ करोड ७० लाखमा पाएको छ । सोमबार शिलान्यास गरिए पनि काम केही दिनमा सुरु हुने रश्मि निर्माण सेवाका संचालक वीर बहादुर बटालाले बताए ।

पालिकाको मुख्य बजारमा ढल नहुदा बर्षामा हिलाम्मे हुने गरेको थियो । हिलाम्मे हुदा बजार कुरुप र नराम्रो देखिन थालेपछी बौनिया बजार व्यवस्थापन समिति पलिका अध्यक्ष कर्ण कुँवरले यश क्षेत्रका पुर्ब माननिय झपट रावललाई आग्रह गरे बमोजिम ढल निकासका लागि सडक डिभिजन कार्यालयले बजेट बिनियोजन गरेको हो ।

शिलान्यास गर्दै पालिका अध्यक्ष कुँवरले आफू निर्वाचित पश्चात् यश क्षेत्रका जनताको बिकास र समृद्धिका लागी दिन रात लागेको बताउनु भयो । रोडको दायाँबायाँ २५ मिटरको दुरिमा ढल निकास गरिने बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले बताउनु भयो । निर्माण कम्पनीले आगामी आर्थिक बर्ष सम्म निर्माण काम सम्पन्न गर्ने जनाएको छ ।

प्राविधिकको सल्लाह अनुसार रोडको दायाँबायाँ ढल निकास गरिने संचालक बटालाले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार