मुख्य समाचार

देशभरको मौसम सामान्यता सफा

देशभरको मौसम सामान्यता सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।
पुरा पढ्नुहाेस्
लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो । मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए । शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पुर्वानुमान

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा आज दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र  लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा…
पुरा पढ्नुहाेस्
देशभर आज र भोली बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइदैं

देशभर आज र भोली बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइदैं

काठमाडौं । नेपाल सरकारले देशभरका बालबालिकालाई आज र भोली जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाईदै छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
पुरा पढ्नुहाेस्
चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका आयोजित गठबन्धनका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शाहले गठबन्धनका उम्मेदवारलाई निस्वार्थपुर्ण निर्वाचित गराउन नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई निर्देश दिएका छन ।सोमवार बर्दगोरिया गाउँपालिकामा आयोजित संकोच नमानी लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाहले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहले अहिलेको चुनावी लडाइँ बाध्यात्मक रहेको बताउदै नेपाली काङ्ग्रेसका क्रियाशील नेता कार्यकर्ताले जुनसुकै अवस्थामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले भने - हिजो के भयो…
पुरा पढ्नुहाेस्
समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनालाई जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । निर्वाचन आयोगका अनुसार कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरिया गाउँपालिकाको टिमलाई हराउँदै पत्रकारको टिम विजयी बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो । उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो। उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको  अन्तरले हराउँदै विजयी भएको हो । खेलको आज एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका हुन । प्रतियोगितामा मा १२ वटा…
पुरा पढ्नुहाेस्
आज बडा दसैं, कुन देशमा कति बेला टीका लगाउदा उत्तम?

आज बडा दसैं, कुन देशमा कति बेला टीका लगाउदा उत्तम?

काठमाडौं । आज बडा दसैं । विभिन्न देशमा रहेका नेपालीले आफ्नो मौलिक परम्परा अनुसार टीका जमरा लगाएर मनाउदै छन । तर स्वदेश भन्दा बाहिर रहेका नेपालीहरुलाई दसैँको टीका कति बेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन…
पुरा पढ्नुहाेस्
देशभर १७ हजार बढीमा डेंगु संक्रमण, कुन प्रदेशमा कति?

देशभर १७ हजार बढीमा डेंगु संक्रमण, कुन प्रदेशमा कति?

काठमाडौं । देशभरका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । साउन महिनायता मात्र देशभरका ७५ जिल्लामा डेंगुको संक्रमणको छ । ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डेंगु संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा देशभर डेंगुको प्रकोप देखिएको स्वास्थ्य विज्ञहरुको भनाइ रहेको छ । हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएको स्वास्थ्य विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार डेंगुले प्रकोप…
पुरा पढ्नुहाेस्
७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो

७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा कल्बको आयोजनामा सातौ संविधान दिवश मनाइएको छ । दिवसको अबसरमा स्थानीय कट्टिपुर चौराहामा दीप प्रज्वलन गरिएको छ । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहनुभएको थियो भने विशिस्ट अतिथिका रुपमा डाफे ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर विष्ट थिए । सो अबसरमा बोल्दै प्रमुख अतिथी गौतमले ७ औ संविधान दिवसले हरेक नेपालीको घरमा शुख शान्ती र समृद्धिको बिगुल छर्न महत्त्वपूर्ण भुमिका खेलोस भनी शुभकामना दिए । उनले नेपाली जनताको त्याग तपस्या र वलिदानी…
पुरा पढ्नुहाेस्