यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने भएको छ ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा आज दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र  लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार