७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा कल्बको आयोजनामा सातौ संविधान दिवश मनाइएको छ ।

दिवसको अबसरमा स्थानीय कट्टिपुर चौराहामा दीप प्रज्वलन गरिएको छ । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहनुभएको थियो भने विशिस्ट अतिथिका रुपमा डाफे ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर विष्ट थिए ।

सो अबसरमा बोल्दै प्रमुख अतिथी गौतमले ७ औ संविधान दिवसले हरेक नेपालीको घरमा शुख शान्ती र समृद्धिको बिगुल छर्न महत्त्वपूर्ण भुमिका खेलोस भनी शुभकामना दिए । उनले नेपाली जनताको त्याग तपस्या र वलिदानी बाट देशले संविधान प्राप्त गरेको भन्दै यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए । उनले वडाको समग्र विकास र समृद्धिको यात्रामा सबै युवा पुस्ताको विशेष सहयोग आवश्यक छ, भन्नुभयो ।

सो क्रममा डाफे ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर विष्टले संविधान देशको मुल कानुन भएको भन्दै यसको   सबैले पालना गर्नुपर्ने बताए । उनले पछिल्लो समय बर्दगोरिया एकता युवा कक्बले समाज सुधार र समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै युवा कल्बको लागि आफुले सधैब सक्दो सहयोग गर्ने बताए । उनले युवा पुस्ताबिना समाज परिवर्तनको आश गर्न नसकिने भएको हुँदा समाजका सबै युवा भाइबहिनी यसमा सामेल हुन आवश्यक रहेको बताए

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार