देशभरको मौसम सामान्यता सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार