मुख्य समाचार

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

काठमाडौं । सोमबार बिना निष्कर्ष टुंगिएको सत्ता गठबन्धनको बैठक आज पुन: बस्नेभएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि बाँडफाँटमा सहमति जुटाउन सोमबार बसेको सत्त गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने बताइएको छ । । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि  सहमति…
पुरा पढ्नुहाेस्
आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

कैलाली । आज नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले नेपाल बन्दको गरेको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले आज मंगलबार नेपाल बन्द आह्वान गरेका छन । एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी,देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको गरिएको जनाएको छ । त्यस्तै  नेपाल सरकारसंग को सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुलुकलाई द्वन्द्वमा धकेलिरहेको उल्लेख गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव आज देशैभर परेको छ । बन्दका कारण छोटो…
पुरा पढ्नुहाेस्
वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा राजनीतिक दलले आफ्नो वार्षिक आयव्यय विवरण अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको हो । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दलहरु मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने भएको छ। यति मात्र नभई दल दर्ताका लागि आवश्यक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।  बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

कैलाली । आज आइतबार देखि सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सरकारले ५  वर्षदेखि  १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप  पहिलो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई आजबाट भदौ ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिन लागिएको हो । मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । खोप पाउने जिल्ला हरुमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला रहेका छन् । बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

४, भाद्र २०७९ बर्दगोरिया कैलाली । बर्दगाेरिया गाउपालिकामा रहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ । बाैनिया बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन गर्दै आइरहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ शनिबार सम्पन्न भएको हो । बिगत लामो समय देखि संचालन हुँदै आइरहेको उक्त घैटाफोड कार्यक्रम पछिल्लो दुई बर्ष भने काेरानाका कारण सञ्चालन हुने सकेको थिएन । तर याे यश बर्षबाट भने उक्त घैटाफोड कार्यक्रम पुन सञ्चालन सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए  ।   पहिला यश कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनिया बजार व्यवस्थापन…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभरका केही स्थानमा वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभरका केही स्थानमा वर्षाको सम्भावना

४, भाद्र २०७९ काठमाडौं । आज सुदुरपश्चिम प्रदेश लगाएत देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान  र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती पनि बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको…
पुरा पढ्नुहाेस्

सहयोगी बेलुवा युवा क्लबको आयोजनामा बर्दगोरियामा घैटाफोड कार्यक्रम सम्पन्न

३, भाद्र २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्म अष्टमीको अवसरमा घैटाफोड कार्यक्रम सम्पन्न भएको छ ।               पालिकाको वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब को आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष महेश रावलको सभापतित्व मा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । प्रमुख अथिती चौधरीले क्लबले यस्ता काम गरेर आफ्नो कला सास्कृती को जगेर्ना गरेको बताए । पछिल्लो समय बिदेशी सस्कार भित्री रहेको अवस्थामा यस्ता कार्यक्रम ले हाम्रो कला सास्कृति को जगेर्ना हुने बताए ।…
पुरा पढ्नुहाेस्

कैलालीको बर्दगोरियामा लागुऔषध नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   शुक्रकार पालिकाको वडा नम्बर २ मा लागुऔषध नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बर्दगोरिया गाउपालिका वडा नम्बर २ आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लागु औषध भनेको के हो ? यस्ले समाजमा कस्तो असर गर्छ ? यस्लाई कसरी न्यूनिकरण गर्ने ? युवाहरु लागु औषधको कुलतमा कसरी पस्छन? यसबाट आफ्ना बालबालिकालाई कसरी बचाउन सकिन्छ ? लागुऔषध सेवन र यस सम्बन्धी कारोवार गर्ने व्यक्तिलाई कानुनले कस्ता कार्वाहि गर्छ ? भन्ने विषयमा प्रशिक्षण गराईएको थियो । वडा नम्बर २…
पुरा पढ्नुहाेस्