बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तिव्र, शनिबार लम्किचुहा-१० मा (फोटोफिचर)

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

यसैक्रममा शनिबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले लम्कीचुहा वडा नम्बर १० का विभिन्न स्थानमा घरदैलो गरि त्यहाँका नागरिकले भोक्दै आएका समस्याहरुको बारेमा अबलोकन ,अनुगमन तथा निरीक्षण गर्दै त्यसको समाधानको बारेमा आफू निर्वाचित भएपछि पहिलो प्राथमिकताका साथ पुरागर्ने प्रतिबद्धता जनाएका छ्न ।

घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) लाई भोट हाल्न अपिल गरेको छ । उनी निवर्तमान सुदुरपश्चिम प्रदेश सभा सदस्य हुन ।

यतिबेला बाम गठबन्धनले आफ्ना उम्मेदवार सहित मतदाताको घरघरमै पुगेर मत मागिरहेको छ । प्रचार प्रसार अभियानमा गठबन्धनका नेता र उम्मेदवारले यहाँका  नागरिकका गुनासा सँगै आगामी ५ वर्षको लागि सुझाव सल्लाह समेत  मागिरहेको छ ।

बाम गठबन्धनले आम नागरिकमा एक ढिक्का भएर चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई आग्रह रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार