मुख्य समाचार

तराईमा हुस्सु तथा पहाडी भू–भागमा हिमपातको सम्भावना

तराईमा हुस्सु तथा पहाडी भू–भागमा हिमपातको सम्भावना

कैलाली । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम लगाए प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तापक्रम घट्दै गएकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाले पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँ देखी सडक क्षेत्रका संरचना भत्काउन सुरु गरीएको हो । पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन थालिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने काम थालिनी सुरु गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए । सडक क्षत्रेमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह समेत गरेका छन्…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

तराईमा हुस्सु, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु लागेको छ । यस्तै आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भू–भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही…
पुरा पढ्नुहाेस्
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज शपथ ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज शपथ ग्रहण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ । यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार अहिले बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक

श्री महुन्याल मा.वि.को आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा संचालित श्री महुन्याल माद्यामिक विद्यालयको आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शनिबार अभिभावकसहितको उपस्थितिमा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षक समिति सयोजक बिदुर कुमार चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । यसैगरी अथितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनार, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जोशी, शिक्षक अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु रहेका थिए । कार्यक्रममा प्रमुख अथिती रहेका वडा नम्बर ६…
पुरा पढ्नुहाेस्
कैलालीमा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते, १ को अवस्था गम्भीर

कैलालीमा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते, १ को अवस्था गम्भीर

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते भएका छन । पुर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा घाइते हुनेमा अटोमा सवार स्थानीय अन्दाजी २९ वर्षीय पिन्ती ठकुल्ला र ३ वर्षीय बालक भरत ठकुल्ला रहेको प्रहरीले जनाएको छ । घाइते बालकको अवस्था गम्भीर रहेको र उनको उपचारको लागि धनगढी पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ठक्कर दिने टिप्पर भने फरार भएको प्रहरीले जनाएको छ। अहिले प्रहरी घटनास्थलमा रहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
बौनिया बजारमा ढल निकासका लागि शिलान्यास

बौनिया बजारमा ढल निकासका लागि शिलान्यास

बौनिया/ पुष ०४ बर्दगोरिया गाउपालिकाको मुख्य बजार बौनिया बजारमा ढल निकासका लागि शिलान्यास गरिएको छ । सोमबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले ढल निकासको शिलान्यास गर्नुभएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बौनिया बजारमा ढल निकासको लागि टेण्डर निकालेको थियो । टेन्डर टिकापुरको रश्मि निर्माण सेवाले १ करोड ७० लाखमा पाएको छ । सोमबार शिलान्यास गरिए पनि काम केही दिनमा सुरु हुने रश्मि निर्माण सेवाका संचालक वीर बहादुर बटालाले बताए । पालिकाको मुख्य बजारमा ढल नहुदा बर्षामा हिलाम्मे हुने गरेको थियो । हिलाम्मे हुदा बजार कुरुप र नराम्रो देखिन थालेपछी बौनिया बजार व्यवस्थापन समिति पलिका अध्यक्ष कर्ण कुँवरले यश क्षेत्रका पुर्ब…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरियामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा  ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरको आयोजनमा पालिकाको वडा नम्बर १ मा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत नारायण प्रसाद ढकालले "भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन " विषयक सम्बन्धि प्रशिक्षण गराएका थिए । अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउन पालिकाले कस्तो भुमिका खेल्ने ? भ्रष्टाचार गरेमा कानुनी प्रावधान कस्तो रहेको छ ? भन्ने विषयमा प्रष्ट जानकारी दिएका हुन । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन गर्ने कार्यक्रममा सहभागी पालिकाका…
पुरा पढ्नुहाेस्
कैलालीमेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण

कैलालीमेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण

 कैलाली  । मेरो माइक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कञ्चनपुरले शैक्षिक सामाग्री बितरण गरेको छ । आइतवार एक कार्यक्रमका बिच कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा न ४ पिपल चौतारामा रहेको मालिका आधारभुत बिद्यालयका ७२ जना बिद्यार्थीहरुलाई संस्थाको दोधारा शाखा कार्यालयले शैक्षिक सामाग्री बितरण गरेको हो ।‘शिक्षा नै समाज बिकासको मूल आधार हो भन्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई अध्यापनमा सहयोग होस भन्ने उदेश्यका साथ मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालयले स्कुल ब्याग, कापी र पेन्सिल लगायतका शैक्षिक सामाग्री बितरण गरेको शाखा प्रमुख दीपेन्द्र बटालाले जानकारी दिएका छन । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पितृ बहादुर शाहीको अध्यक्षताका आयोजित शैक्षिक सामाग्री बितरण…
पुरा पढ्नुहाेस्