मोहन्यालमा गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रमलाई दियो तीब्रता
बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । शुक्रबार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडी र पट्रेनी लगाएतका स्थानमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल…