मा वि कोटातुल्सिपुरमा निर्माणाधिन भवनको पालिका अध्यक्ष कुँवर द्वरा अनुगमन

२०७९ पौष बौनिया । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवरले श्री मा बि कोटातुल्सिपुरमा निर्माणाधिन १२ कोठे पक्की भवनको अनुगमन गरेका छन । अनुगमन गर्दै निर्माण कम्पनीलाई गुणस्तरमा कुनै कसुर बाकी नराख्न आग्रह गरे ।

बिदाको दिनमा पनि समय निकालेर अध्यक्ष कुँवरले श्री मा. वि कोटातुल्सिपुर पुगेका हुन । सो क्रममा पालिका अध्यक्ष कुँवरले निर्माण कार्यमा कुनै कसुर बाकी नराखी समयमै काम सक्न निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन समेत दिएका छन ।

उक्त भवन राष्ट्रिय योजना आयोगबाट निर्माण भैइरहेको बिधालयका प्रध्यानाध्यापक तारा जोशिले बताए । पहिलो चरणमा अहिले ४ कोठे पक्की भवन बन्ने छ । क्रमागत बजेट भएका कारण आगामी बर्षमा समेत यश भवनले निरन्तरता पाउने छ ।

पछिल्लो चरणमा बिधालयले शैक्षिक क्रियाकलापमा सुधार गर्दै प्राबिधिक धार तर्फको भिजेटिए समेत पठनपाठन गराउदै आएको छ । बिधालयमा रहेको छात्राबासको माथि ट्रस निर्माण कार्यको समेत अनुगमन गरेका छन ।

साथै दुई दिन अगाडी अध्यक्ष कुँवरले कोटातुल्सिपुर अस्पताल र वडा कार्यालयमा समेत अनुगमन गरेका थिए । अध्यक्ष कुँवरले स्वास्थ्य क्षेत्रमा पनि सबैले संबेदनसिल भएर ध्यान पुर्याउनु पर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार