जीवनसाथिको जन्मोत्सवमा समाजसेवी जयन्ती थापाले गरिन सहारा घरमा सहयोग ।

पदम राज ओझा । बौनिया । अमेरिका बस्दै आउनु भएकी समाज सेवी जयन्ती थापा बाट बर्दगोरिया गाउपालिकामा रहेको सहारा घरमा सहयोग भएको छ ।
आफ्नो जीवन साथी सुशील चन्द काे जन्म दिन तथा आफ्नो बैबाहिक बर्ष गाँठको अवसर पारेर कैलालीको बर्दगोरिया गाउपलिका २ पबित्र स्थान बर्दगोरियामा रहेको सहारा घरमा थापाले स साना बालिकाहरुलाई स्कुल ड्रेस संगै कपडा सहयोग गर्नु भएको हो । स्कुल पोषाक पाउँदा साना नानिहरुको अनुहारमा खुशी छाएको थियो ।

नेपालको सुर्खेत कर्णाली प्रदेशकि थापाले नेपालमा विभिन्न समस्या भोगी रहेका असाय अनाथ अपाङ्ग र सहारा बिहिन हरुलाई सहयोग गर्दै आउनु भएको छ

मंगलबार एक कार्यक्रमको आयोजना गरि सहारा घरका संचालक बल बहादुर बिष्टले सुशील चन्दको जन्मोत्सव र सुशील र जयन्तीको बैवाहिक उत्सब मनाएका हुन ।

थापाले सुदुरपश्चिम लगाएत कर्णाली प्रदेशका विभिन्न स्थानमा कहिले छात्रवृत्ति त कहिले सडक जीवन बिताई रहेका असाय हरुलाई सहयोग गर्दै आउनु भएको छ ।

उहाले सहारा घरमा यस अघि पनि थुप्रै सहयोग कार्यक्रम गरि सक्नु भएको छ । उहाँ अमेरिकामा भए पनि आफुलाई आफ्नो देश र आफ्ना देशका जन्ताको माया लागि रहने बताउनु हुन्छ । सहारा घरका संचालक बल बहादुर बिष्टले सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार