बर्दगोरियामा कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु

बौनिया /बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा बिहिवार बाट कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु गरिएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले कुस्ठरोग रोकथामको औषधि खाएर कार्यक्रमको सुरुवात गर्नु भएको हो ।

NLR र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कंचनपुरको प्राबिधिक सहयोग तथा बर्दगोरिया गाउपालिकाको आयोजनामा बिहिवार (आज) बाट सो अभियान सुरु भएको बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कैलाश कुमार रावतले जानकारी दिए ।

यो अभियानमा आज वडा नम्बर २ का ४ सय ५१ जनालाई स्वास्थ्य परिक्षण गराई औषधि समेत खुवाईएको छ ।
सन २००१ देखि २०२२ सम्म बर्दगोरियामा १५४ जनालाई कुस्ठरोग देखिएता पनि अहिले आएर सबैलाई सन्चो भइ सकेको रावतले जानकारी दिए ।

हाल बर्दगोरियामा कुस्ठरोगिहरुको संख्या शुन्य रहेको छ । बर्दगोरिया गाउपालिकामा कुष्ठरोग कसैलाई पनि नलागोस भन्ने उद्देश्यका साथ सो घरदैलो अभियान सुरुवात गरिएको जनस्वास्थ्य निरीक्षक रावतले जानकारी दिए ।

पहिले देखा परेका कुस्ठरोगिका घर समुदाय र छिमेकका घरपरिवारमा औषधि खुवाउने कार्यक्रम रहेको छ । कोहि कतै संक्रमण नहोस भन्ने यो अभियानको उद्देश्य समेत रहेको छ ।

बिहिवार बाट सुरु भएको अभियान बर्दगोरियाका सबै वडामा संचालन हुने छ । उक्त अभियानमा सबैले औषधि सेवन गर्न गाउपालिका अध्यक्ष कर्ण कुँवरले आग्रह गरे ।

NLR नेपाल र राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कन्चपुर का कार्यक्रम अधिकृत अशोक बिक्रम जैरुको समेत सहभागिता रहेको थियो ।

कुस्ठरोगको लक्षण छालामा सेतो फुर्सो नचिलाउने दाग देखिने गरेको हुन्छ । समयमै सन्चो नभए यसले स्नायुमा असर गर्ने हुदा सबैले यो औषधि सेवन गर्न आवश्यक देखिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार