मुख्य समाचार

बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको पालिकाको १२औ गाउँ सभामा आर्थिक वर्ष ०८०/८१ को लागि ७९ करोड ८६ लाख १३ हजार १२४ को अनुमानित बजेट सार्बजनिक गरिएको हो ।   गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदीप) ले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन । सभामा नेपाल सरकारबाट प्राप्त निशर्त वित्तीय समानीकरण अनुदान रु, ११ करोड ३ लाख ,संघीय सरकारबाट प्राप्त सशर्त्त अनुदान (चालुतर्फ) १४ करोड २४ लाख, पुजीगततर्फ २…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँ सभा आज बाट सुरु भएको छ । गाउँसभाको पानसमा दिप प्रज्वलन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नु भएको हो । गाउँसभामा आर्थिक वर्ष ०८०/०८१ निति तथा कार्यक्रम पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गर्दैछन । गाउँसभा पालिकाको वडा नम्बर १ को सभाहलमा भइरहेको छ ।
पुरा पढ्नुहाेस्

सुदुरपश्चिम लगाएत यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
पुरा पढ्नुहाेस्
सहज युवा क्लबको आयोजनामा २२ जना महिलाले पाए सिलाइ मेसिन सहित तालिम

सहज युवा क्लबको आयोजनामा २२ जना महिलाले पाए सिलाइ मेसिन सहित तालिम

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ मा जिविकोपार्जन तथा आर्थिक विकासका लागि सीपमुलक तालिम प्रदान गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा सहज युवा क्लबको आयोजनामा २२ जना महिलाहरूलाई सीपमुलक सिलाइ कटाई तालिम सहित मेसिन प्रदान गरिएको हो । चालु आर्थिक वर्षको लक्षित बर्ग अन्तर्रगतको बजेटमा सहज युवा क्लबले वडाका अति विपन्न र सीप सिकेर आत्मनिर्भर हुन चाहने लक्षित २२ जना महिलाहरूलाई समेटेर तालिम दिएको थियो । चालु आर्थिक वर्षको लक्षित बर्ग अन्तर्रगतको ३ लाख ९८ हजार रुपैयाँ बजेटमा सञ्चालित सीपमुलक तालिमको शनिवार समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ५ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया- ५ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष भोलेराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष गिरिले भने- यस अघि समग्र रुपमा पालिकाले मात्र सार्वजनिक सुनुवाइ गर्ने गरेको भएपनि अहिले वडाले आफ्नो वडाको वार्षिक प्रगति विवरण वडागत रुपमा सार्वजनिक गरेको मा वडा अध्यक्ष सहितको टिमलाई धन्यवाद व्यक्त गरे । सोही क्रममा उनले भने-…
पुरा पढ्नुहाेस्

लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो । नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन,…
पुरा पढ्नुहाेस्

लैंङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील छ : उपमेयर राना

धनराज विक लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील रहेको उपमेयर कन्दकला रानाले बताएकीछन् । बुधबार धनढीमा सुरु भएको पीडित केन्द्रित दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसंग अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि.रानाले यस्तो बताएकीहुन् । भौतिक विकास मात्र विकास होइन, परिवर्तनका निम्ती सामाजिक र मानविय विकास गर्न अति आवश्यक रहेको भन्दै आफू सामाजिक र मानविय विकासका पक्षमा उभिएको रानाले बताइन् । जनताले खोजेको कुरा पूरा गर्न स्थानीय सरकार निरन्तर लागि परेको छ । सरकारको कामलाई सहयोग पुग्ने गरी गैरसरकारी संघसंस्थाले पनि काम गर्नुपर्ने उनले बताइन् । अहिलेपनि जनता गरिबीको रेखामुनिछन्, अन्याय सहेर बसेको जनतालाई माथि उकास्ने र…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर  सिंहको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परि उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जादै गर्दा प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पायो

बर्दगोरिया गाउँपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पायो

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पाएको छ । सोमबार सामाजिक बिकास समिती संयोजक तथा वडा नम्बर १ अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्य थप्दै समितिलाई पुर्णता दिएको हो । समितीको सदस्यमा वडा सदस्य बिमला देवि भुल , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , महिला तथा बालबालिका शाखा प्रमुख पानमती राना र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत रहनु भएको संयोजक मिथुन गौतमले जानकारी दिनुभयो । सामाजिक बिकास शाखाले पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी हेरबिचार गर्ने गर्दछ । शिक्षा क्षेत्रमा सुधार तथा युवाहरुलाई खेलकुदका क्षेत्रमा कसरी बिकशित गर्न सकिन्छ भन्ने तर्फ…
पुरा पढ्नुहाेस्
आजको मौसम : कैलाली, कञ्चनपुर लगाएका केही जिल्लामा गर्मीको सम्भावना यथावत्

आजको मौसम : कैलाली, कञ्चनपुर लगाएका केही जिल्लामा गर्मीको सम्भावना यथावत्

काठमाडौँ । देशमा मनसुन सुरु भएपनि पुर्ण रुपमा अझै सक्रिय हुन सकेको छैन । जसको प्रभावले देशका अधिकांश स्थानमा अझै तातो हावा चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना भने यथावत् रहने जनाएको छ । यि भू-भागहरूमा आज र भोलि सम्म तातो लहरको सम्भावना यथावत् रहने देखिन्छ । यस्तै महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि…
पुरा पढ्नुहाेस्