कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु
सुखड : कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका एक जना युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकै रहेको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएका बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्जेक्सन लगाइएपछि शाहीले तुरुन्तै खोक्न थालेका थिए। खोक्दाखोक्दै मुखबाट फिज निस्किएको र छटपटाउन थालेको बताइएको छ। झाडापखालाको उपचारका लागि त्यही मेडिकलमा गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाएर बसेको थिएँ, निरज भाईलाई एउटा इन्जेक्सन लगाइयो।…
















