मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ। अष्ट्रेलियन…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: यी स्थानमा आज मेघ गर्जन र चट्याङसहित वर्षा

मौसम पूर्वानुमान: यी स्थानमा आज मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेस र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोसी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोसी प्रदेशका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान: हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । महाशाखाका अनुसार सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ । यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

काठमाडौँ । आउँदो मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ता भएका छन । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । संसदको चौथो ठुलो दल…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव कायमै

मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव कायमै

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज लुम्बिनी र गण्डकी सहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
पुरा पढ्नुहाेस्
वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६०…
पुरा पढ्नुहाेस्
बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । यस्तै अझै १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । मन्त्रालयका अनुसार बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोसी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज (शनिवार) दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

काठमाडौँ । गएराति भएको आइसीसी महिला टी–२० विश्वकपमा भारत न्यूजिल्याण्ड सँग पराजित भएको छ । न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र जोडदैँ न्यूजिल्याण्डसँग ५८ रनले पराजित गरेको हो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । अब न्यूजिल्याण्डले अर्को खेल मङ्गलवार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
पुरा पढ्नुहाेस्
बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

काठमाडौँ । गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ। उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन। हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ। बाढी र पहिरोको कारण अवरुद्ध बनेका राजमार्गको मन्त्रालयले सहायता परिचालन गरी मर्मत  कार्य गर्दै यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।
पुरा पढ्नुहाेस्