फोहोर व्यवस्थापनका लागि ठाकुरबाबामा युवाहरुद्वारा डस्वीन वितरण
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीका युवाहरुले फोहोर व्यवस्थापनका लागि ठाकुरबाबाका युवाहरूले डस्वीन वितरण गरेका छन् । युवाहरूले विशेष गरी सार्वजनक स्थल, बिद्यालय, प्रहरी चौकी , बृद्वाश्रममा फोहोर व्यवस्थापनका लागि उक्त डस्विन वितरण गरेका हुन् । ठाकुरबाबाका गाउँ देखि बजारमा उत्पादनहुने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यका साथ असाेज २३ गते शुक्रबार डस्वीन वितरण गरिएको छन् । आगामी दिनमा पनि यस्तै सकारात्मक सामाजिक कार्यहरु गर्दै जाने कुरा उनीहरूले जनाएका छन । ती मध्ये एक युवाले हामीसँग कुरा गर्दै "यसपटक हामीले दशैंमा पिङ हाल्ने भनेर सुरुवात गर्यौं । तर हामिसङ्ग बाँस किन्न, सजावट गर्ने सामाग्री किन्ने आदिका लागि आर्थिक…
















