अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयताको भारी हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । करिब ३० जना घाइते छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्युजले भारी हिमपातका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग १० हजार जनावर मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, “व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकाले स्थानीय निकै चिन्तित बनेका छन् ।” अर्का बासिन्दा अमानुल्लाहले सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावितका निम्ति…
पुरा पढ्नुहाेस्
एसीसी महिला प्रिमियर कप क्रिकेट; नेपालको लगातर दोस्रो जित

एसीसी महिला प्रिमियर कप क्रिकेट; नेपालको लगातर दोस्रो जित

काठमाडौँ । नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको छ । यो सङ्गै मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । जस अनुसार नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
पुरा पढ्नुहाेस्
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

१०, असोज । गत शनिबार देखि चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । नले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय…
पुरा पढ्नुहाेस्
यी हुन् नेपाल र चीनबीच भएका १३ सम्झौता र समझदारी

यी हुन् नेपाल र चीनबीच भएका १३ सम्झौता र समझदारी

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच सोमबार ग्रेट हल अफ द पिपलमा भएको द्वीपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो। विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ। चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ। सो सम्झौतामा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे। नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न…
पुरा पढ्नुहाेस्
नेपाल–चीन बिजनेस समिटलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने

नेपाल–चीन बिजनेस समिटलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने

मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी सहर बेइजिङ आउने कार्यक्रम छ । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।  उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । आज नै चीनका…
पुरा पढ्नुहाेस्
दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका १० जनाकै शव फेला

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका १० जनाकै शव फेला

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका सबैको शव फेला परेको छ । एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपतकालीन सेवाले जनाएको छ । बुधबार प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए। प्रिगोजन समेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाई अचानक खसेको फ्लाइट ट्रयाकिङ डेटामा देखिन्छ। त्यसपछि करिब ३० सेकेण्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो। नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको…
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ । विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
पुरा पढ्नुहाेस्
भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना

भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना

२५ वैशाख, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना भएको छ । दुर्घटना बाट २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको समाचार स्रोतमा उल्लेख छ । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख…
पुरा पढ्नुहाेस्
वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

काठमाडौं । रोजगारीमा गएका थप १४७९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका १४७९ जनाले आफ्नो अकालमै ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । –न्युज कारखाना
पुरा पढ्नुहाेस्
डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

१४, भाद्र २०७९ काठमाडौं । पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन । यस्तै दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् । उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले महिला र बालबालिका गरि ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएका अन्यको खोजी भइरहेछ । यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।
पुरा पढ्नुहाेस्