आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ ।

विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार