Draft post unpublished

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र अर्थात पितृ पक्ष सुरु

आजदेखि सोह्र अर्थात पितृ पक्ष सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध सुरुवात भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरी सुरू हुँदैछ। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृ प्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट…
पुरा पढ्नुहाेस्
अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

कैलाली । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी को सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा सुन्दर गौतम निर्बिरोध निर्वाचित भएका छन । मंगलबार भएको प्रदेश सम्मेलन बाट गौतम निर्बिरोध सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन । गौतम राष्ट्रिय कलेज सुखका स्ववियु सभापति समेत रहेका छन । अध्यक्ष सहित अन्य पदका लागि भने निर्वाचन भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ । निर्वाचित भएपछि गौतमले संगठन एकढिक्का बनाएर कार्यबिधि हकहितमा आवाज बोल्ने बताएका छन।
पुरा पढ्नुहाेस्
राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो । पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ । अनलाइन खबरबाट
पुरा पढ्नुहाेस्
आजको मौसम मौसम पूर्वानुमान

आजको मौसम मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई  स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा…
पुरा पढ्नुहाेस्
घट्यो पेट्रोलियम पदार्थको मुल्य

घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले एकै पटक ५ रुपैयाँले पेट्रोल मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । जसअनुसार अब  पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको विदाई गरिएको छ । ढुंगानाको सरुवा छिमेकी जोशीपुर गाउँपालिकामा भएपछि मंगलबार फेरि भेटौला कार्यक्रम अन्तर्गत विदाई गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न शाखा प्रमूख तथा कर्मचारीहरुले ढुंगानालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए । अधिकृत ढुंगाना २०८० साल पुष ११ गते अछाम जिल्लाको बान्नीगढी गाउँपालिकाबाट बर्दगोरिया गाउँपालिकामा हाजिर भएका थिए । ढुंगानाको सरुवा ८ महिना पछि जोशीपुर गाउँपालिकामा भएको हो । विदाई कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी…
पुरा पढ्नुहाेस्
सरकारले आ.वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक गर्दै

सरकारले आ.वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने  कानुन मन्त्री पदम गिरीले जानकारी दिएका छन्…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो। शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए । पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो…
पुरा पढ्नुहाेस्