दुई बर्षकाे अन्तरालपछि निरन्तरता पाउदै फुटबल प्रतियोगिता
राजेन्द्र रावल २०, भाद्र २०७९ बर्दगोरिया कैलाली । जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिताले यश बर्ष बाट फेरि निरन्तरता पाउने भएको छ । बिचमा २०७७ र २०७८ सालमा काेराेना महामारीको बिकरल अवस्थाका कारण स्थगित गर्नु परेको प्रतियाेगिताले यश बर्ष बाट निरन्तरता पाउने खबरले प्रतियोगिता आयाेजना हुने क्षेत्रका स्थानीय लगायत खेलकुद क्षेत्रमा चासो दिने सबै उत्साहित भएका छन् । याे फुटबल प्रतियोगिता बिशुद्ध एक फुटबल प्रतियोगिता मात्र नभएर जिल्लाकाे बर्दगाेरिया गाउपालिकाकाे एक पहिचान भएको कुरामा समेत सबैकाे एकमत रहेको छ । यश प्रतियोगिता मुल लक्ष्यनै स्थानीय क्षेत्र बाट राष्ट्रका लागि स्तरिय…

















