आज (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउदैं

सुर्खेत । आज विहिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।

प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि सुर्खेत आउने कार्यतालिका रहको छ । अर्थमन्त्री शर्माले बीमा समितिको प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी प्रशिक्षण कार्यक्रममा सहभागिना जनाउने छन् ।
प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार