सुर्य चन्द्र आमा समुहले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ रहेको सुर्य चन्द्र आमा समुहले हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ ।

मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा जानकी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुर्य चन्द्र आमा समुहले तिज विशेष कार्यक्रम २०७९ मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जानकी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पावर्ती चौधरीले हरितालिका तिजको अवसरमा सुर्य चन्द्र आमा समूहले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै चौधरीले यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति बचाउन सहयोग मिल्ने बताईन । तर पछिल्लो समय कला संस्कृतिको नाममा बाहिरी संस्कार लाई पहिलो प्राथमिक दिएको पाईएको छ । आफ्ना अमुल्य चाड पर्वमा बाहिरी संस्कारलाई प्राथमिकता नदिई आफ्नो परम्परागत शैलीमा मौलिक तरीकाले आफ्ना कला संस्कृति लाई निरन्तरता दिन समेत अनुरोध आमा समुहलाई अनुरोध गरीन ।

उनले सेहि क्रममा जोडिन यस्को वास्तविक भने भगवान शिव जि लाई पाउ भनी पार्वतिले पनी नखाई वर्त बसेको र शिव जि प्राप्त गरेको हुदाँ नारिहरुले आफुले चाहेको बर अर्थात श्रीमान पाउ भनी वर्त बस्ने गरेको बताई ।

समूहका अध्यक्ष टिका विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विश्वकर्माले महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्णमा महिला दिदी बहिीमा आपसी मेलमिलाप, तथा प्रेम सद्भाव कायम रहोस भन्दै एक आपस शुभकामना आदन प्रदान गर्नुका साथै परम्परागत रुपमा मनाउदै आएको तिज लाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गरेको बताए । उनले भनीन हाम्रा थुप्रै परम्परागत चाड पर्व मध्य तिज पनि एउटा हो । तिज पहीले र हालमा थुप्रै फरक आएको बताउदै । तिजको वास्तविक्ता लाई विशेष ध्यानमा राख्दै आफ्नो संस्कारलाई जर्गेना गर्दै वर्तवान भावि पुस्तालाई हस्तान्त्रण गर्न जरुरी रहेको बताईन ।

उनले सोहि क्रममा जोडिन तिज भनेको वास्वमा छोरी÷चेलीको पर्व हो । यस पर्वमा छोरी÷चेलीले आफ्ना वर्ष भरीका दुख, सुख्ख लाई भुली एक आपसमा आफ्नो खुसीयाली साटासाट गरि मनाउन्छन । सोहि अवसरमा माईती घर बाट पर रहेका छोरी चेलीलाई बोलाई मिठामिठा खाने कुरा खुवाईन्छ । उनीहरुका वर्ष भरीका पिडा भुलाउन नाचगान गरिन्छ । तर पछिल्लो समय तिजको नाममा विकृति फैलदै आयको छ । पहिले तिजको तयारीमा हप्तौ खर्चिने गरिन्थ्यो । उक्त अवधीमा तिज कसरी मनाउने भन्ने विषयमा गाउँ÷टोलका मानिसहरु सँगै वसी तिजको तयारी स्वरुप नाचगान गरिन्थ्यो । तर पटिल्लो समयमा भने त्यस्को विपरीत भईरहेको पाईन्छ । हाल तिजको नाममा हप्तौं दिन पहिले विभिन्न होटेल तथा रेस्टुरेन्टमा दर खाने वाहनामा विकृति फैलदै गएको बताईन । त्यसैले यस्ता सामाजिक तथा सांस्कृतिक रुपमा बिकृति फैलाउने कार्य नर्गन सोत अनुरोध जगरिन ।
कार्यक्रमको संचालन लोकेन्द्र विकले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार