देशभर थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३७ जनामा गरिएको परीक्षणमा २ सय जनामा कोरोना पुष्टि भएको हो ।

सोहि अवधीमा शनिबार आज ३ सय ३९ जना कोरोनाका संक्रमित कोरोनाबाट मुक्त भएका छन् । भने थप २ जना संक्रमितको मृत्यु समेत भएको छ ।

मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ६ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार