७२ जिल्लामा फैलियो डेंगी, कुन जिल्लामा कति?

१७, भाद्र २०७९ काठमाण्डौ । हाल सम्म देशभरका ७२ जिल्लामा डेंगीको संक्रमण फैलिएको पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । जसअनुसार बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

डा. दाहालका अनुसार अहिलेसम्म देशभरका ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने बताईएको छ ।

हाल सम्म सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२, प्रदेश १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ । सवै भन्दा धेरै वाग्मती प्रदेशको ललितपुर जिल्लमा संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाण्डौमा ५ सय ६५, रुपन्देहीमा ३ सय ९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८, सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगु लाग्नबाट बच्ने तरिका

१. पानी जम्न नदिने
लामखुट्टेले जमेको पानी मा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउतै तै ठाउँमा पानी जम्मा हुन नदिने र यदी कुनै पानी जम्न सक्ने भाडाकुडा हरु छ भने , तेसलाई राम्ररी छोपेर राखने या नस्ट गर्नु पर्छ ।
२. पुरै शरीर ढाक्ने कपडा लगाउने
लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ ।
३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग
पुरै शरीर मा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ ।
४.ढोका झ्याल बन्द राखने
झ्याल ढोका हरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली ÷पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ ।

डेंगुका लक्षनहरुः
ज्वरो आउने, टाउको दुख्ने, आखाको भित्री (पछाडी) भाग दुख्ने, बान्ता आउने, रिंगटा लाग्ने, जिउ दुख्ने, गलेको महसुस हुने, ४–७ दिन मा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने आदी ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार