ब्रेकिङ न्युज

Featured posts

आज माघ १६ गते, शहीद दिवस

आज माघ १६ गते, शहीद दिवस

रासस; २०७९ माघ १६ काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै…
पुरा पढ्नुहाेस्
होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

घनश्याम पौडेल, १५ माघ, मसुरिया । कैलाली गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरिएको छ । भाषा, संस्कृति,परम्पराको संरक्षण सम्वर्द्धन तथा कमैया थारु होम स्टे गाउँको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । माघ १६ गते सम्म संचालन हुने महोत्सवको राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव)ले शनिबार उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले थारु समुदाय भेषभुषा संस्कृति र परम्पराको धनी रहेको भन्दै भाषा कला संस्कृतिको संरक्षण तथा स्वस्थ परिकार अवसरको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए थिए । गौरीगंगा नगरपालिका तथा वडा नं…
पुरा पढ्नुहाेस्
नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

१४ माघ २०७९ बर्दगोरिया । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच बर्दगोरिया गाउँपालिकाको नमूना बिधालय श्री बसन्त मुरारी नमुना मा.वि को हलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बाट राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, उपाध्यक्ष (महिला) मा पवन चन्द मल्ल, सचीव चक्र शाही, अर्थ सचीव चन्द्रा जोशी, सह-सचीव एकेन्द्र कुवर, भरत बलायर,सह-सचीव (महिला) सुरेखा चौधरी सह- समावेशी सकोश डगौरा, उपेन्द्र सुनार लगाएत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भिमदत्त…
पुरा पढ्नुहाेस्
माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरियाको वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न

माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरियाको वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न

बर्दगोरिया । माघी मिलन खोज्नी/बोज्नी सास्कृतिक कार्यक्रम बर्दगोरिया गाउपालिका वडा नम्बर ६ पृथ्वीपुरमा सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा थारु माहालोक गायक मनिराम थारु,चर्चित थारु गायिका संगीता चौधरी,टिकटक स्टार दिपिका जि एच,चर्चित मोडेल भावना चौधरी,फुलकुमारी २ लगाएत १ दर्जन बढी कलाकारसंगै बालक्लब, स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष कुँवरले वडामा चयन भएका भलमन्सा,बडघर,चिरागी लगाएत चौकिदारहरुलाई खादा लगाएर सम्मान गरेका थिए । प्रमुख…
पुरा पढ्नुहाेस्
एसईई परीक्षाको समय तालिका सार्वजनिक

एसईई परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ जना पुरुष मृत अबस्थामा भेटिएका छ्न । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बौनिया नालामा ती पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मृतक पुरुष बर्दगोरिया गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षिय सुकै चौधरी रहेको आफन्तले बताएका छ्न । बिहिवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार चौधरी माघ ३ गतेदेखि हराइरहेका थिए । चौधरी हराएपछी आफन्तले खोजी कार्यका लागि प्रहरीलाई निवेदन दिएका थिए । प्रहरीले घटनास्थलमा पुगि शवको पहिचान भएको र आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
जीवनसाथिको जन्मोत्सवमा समाजसेवी जयन्ती थापाले गरिन सहारा घरमा सहयोग ।

जीवनसाथिको जन्मोत्सवमा समाजसेवी जयन्ती थापाले गरिन सहारा घरमा सहयोग ।

पदम राज ओझा । बौनिया । अमेरिका बस्दै आउनु भएकी समाज सेवी जयन्ती थापा बाट बर्दगोरिया गाउपालिकामा रहेको सहारा घरमा सहयोग भएको छ । आफ्नो जीवन साथी सुशील चन्द काे जन्म दिन तथा आफ्नो बैबाहिक बर्ष गाँठको अवसर पारेर कैलालीको बर्दगोरिया गाउपलिका २ पबित्र स्थान बर्दगोरियामा रहेको सहारा घरमा थापाले स साना बालिकाहरुलाई स्कुल ड्रेस संगै कपडा सहयोग गर्नु भएको हो । स्कुल पोषाक पाउँदा साना नानिहरुको अनुहारमा खुशी छाएको थियो । नेपालको सुर्खेत कर्णाली प्रदेशकि थापाले नेपालमा विभिन्न समस्या भोगी रहेका असाय अनाथ अपाङ्ग र सहारा बिहिन हरुलाई सहयोग गर्दै आउनु भएको छ मंगलबार एक कार्यक्रमको आयोजना गरि सहारा…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा ओझा बन्धुहरुको सेवा समाजको एकाई कमिटी गठन

घोडाघोडीमा ओझा बन्धुहरुको सेवा समाजको एकाई कमिटी गठन

सुखड । कैलाली जिल्लामा रहेका ओझा बन्धुहरुको सेवा समाज बिस्तार गरिएको छ । बिहीवार घोडाघोडी नगरपालिका १ सुखडमा भेला भई घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र भजनिका ओझाहरुको सेवा समाज एकाई समिती गठन गरिएको छ । अध्यक्षमा केशव राज ओझा , उपाध्यक्षमा रमेश प्रसाद ओझा, सचिवमा सिद्धराज ओझा र कोषाध्यक्षमा सीता ओझा रहेका छन । यसै गरि सदस्यहरुमा बर्दगोरिया बाट कृष्ण प्रसाद ओझा (पदम) ,भजनीबाट नारायण ओझा, अन्य घोडाघोडी बाट बोध नारायण ओझा र नरेश राज ओझा रहेका छन । भेलामा ओझा सेवा समाज जिल्ला अध्यक्ष हेमराज ओझा ,जिल्ला सचिव गिरि राज ओझा ,घोडाघोडी नगरपालिका वडा नम्वर १ का अध्यक्ष घनश्याम ओझा…
पुरा पढ्नुहाेस्
यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ । यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार बिहान पोखरामा भएको उक्त एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए । उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’…
पुरा पढ्नुहाेस्
नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

१, माघ काठमाडौं । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला…
पुरा पढ्नुहाेस्