बर्दगोरिया-४ मा आगलागी, २ लाख बढीको क्षति

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ ।

पालिकाको वडा नम्बर ४ छतिवना टोल निवासी स्थानीय रामबहादुर भुलको घरमा सोमबार आज आझा साझ करिब ७ बजेको समयमा खाना पकाउने क्रममा एक्कासि आगलागी भएको हो ।

आगलागी बाट करिब २ लाख १० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार उक्त आगलागी बाट भुलको खरले छायको ४ कोठे १ तले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी बाट घरमा रहेका लुगाकपडा, खाद्यान्न पुर्ण रुपमा नष्ट भएको बताइएको छ ।

यस्तै घर पुर्ण रुपमा जलेर नष्ट भएको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

घर पुर्ण रुपमा जलेर नष्ट भएपछि अहिले उनीहरु छिमेकीको घरमा बसेका छन ।

घर सडकबाट अलि टाढा रहेको र गाडी हिड्ने बाटो नहुदा आगलागी नियन्त्रणमा आफुहरुलाई समस्या भएको भएपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन आफुहरु सफल भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख लिल बहादुर आचार्यले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार