बर्दगोरियामा दुई समुह बिच झडप, तिन जना घाइते

बर्दगोरिया । कैलालीको बर्दगोरियामा गाउँपालिका वडा नम्बर -५ मा गए राती दुई समुह बिच झडप भएको छ ।

वडा नम्बर -५ को कोईलीभुरूवामा गएराती करिब १० बजेको समयमा २ समुह बीच एकआपसमा विवाद भई कुटपिट हुँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

घाइते हुनेहरुमा बर्दगोरिया -५ कोइलीभुरुवाका २२ वर्षीय पारस कठरिया सोही ठाउँका २३ वर्षीय उपेन्द्र डगौरा र बर्दगोरिया -६ का १८ वर्षीय देबु कठरिया रहेको जनाइएको छ । घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका पारस कठरिया र उपेन्द्र डगौराको धनगढी स्थित माया मेट्रो हस्पिटल प्रा लि उपचार भइरहेको छ ।

यस्तै बर्दगोरिया -६ का देबु कठरियाको एक हात भाँचिएको र उनको घोडाघोडी अस्पताल प्रालि सुखडमा उपचार भइरहेको जनाइएको छ ।
कुटपिटमा संलग्न अन्य दुई जना बर्दगोरिया -६ का १६ वर्षीय मुस्कान चौधरी र १७ वर्षीय आकाश चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटना स्थल बाट प्रहरीले रड समेत बरामद गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार