ब्रेकिङ न्युज

Featured posts

सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोसी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि…
पुरा पढ्नुहाेस्
एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि असोज ८ मङ्गलवार देखी १२ गते शनिवार सम्म देशव्यापी रूपमा मौसम बदली र वर्षाको सम्भावना देखिएको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भोलि असोज ८ गते दिउँसोदेखि बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण ५ दिनसम्म देशभर मौसम बदली रही भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राति विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– असोज ८ गते मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक÷दुई स्थानमा भारी…
पुरा पढ्नुहाेस्
श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री कालिका माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परीक्षण समिति संयोजक करण सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य पुष्कर विक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य विकले पालिकाको पहिलो लक्ष भनेको शिक्षा र स्वास्थ्य भएको हुँदा शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि निरन्तर विद्यालयको साथमा रहिरहने कुरामा सम्पूर्ण शिक्षक तथा अभिभावकहरू ढुक्क रहन अनुरोध गरे । यस्तै…
पुरा पढ्नुहाेस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असोज ७ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको…
पुरा पढ्नुहाेस्
मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । साइबर ब्युरोले आइतबार भक्तपुरस्थित मेडिकल व्यवसायी प्रसाईँलाई उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क,…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। यस्तै आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेशका…
पुरा पढ्नुहाेस्
श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

 बौनिया । श्री जम्नेहेटा  सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
पुरा पढ्नुहाेस्
विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार शुक्र बारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्टर्लिङको मूल्यमा गिरावट आएको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रवार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो । यस्तै, युरोपियन युरोको आजको मूल्य एकको खरिददर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ भने शुक्रवार यसको एकको खरिददर १४९…
पुरा पढ्नुहाेस्