क्रिकेटर लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ भएन । काठमाडौँ जिल्ला अदालतमा आइतबारका लागि पेसी तोके पनि मुद्दाको आज पनि सुनुवाइ भएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत वर्ष कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा राखिएको छ । न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् । यता एसिया कपका लागि सन्दीपलाई पाकिस्तान…

















