जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनता सँग माओवादी विशेष कार्यक्रम अन्तर्गत प्यूठानका नेता कार्यकर्ताहरु जनताका घरघरमा जाने भएका छन।

जिल्ला समन्वय समिति प्युठानको शुक्रवार जिल्ला पार्टी कार्यालय शहिद प्रतिष्ठानको भवन जुम्रिमा सम्पन्न पार्टी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पार्टी केन्द्रिय समितिले संचालन गरेको ‘जनता सँग माओवादी विशेष रुपान्तरण’ अभियान लाइ सफल बनाउने निर्णय गरेको छ।अभियानलाई सफल बनाउन पार्टीले जिल्ला इन्चार्जको रुपमा निर्मल आचार्यलाई खटाएको छ। प्युठानका संयोजक नमराज अधिकारी ‘रोशन’ को अध्यक्षतामा संचालन भएको बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं अभियान इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्यहरु नारायण प्रसाद अधिकारि, पितबहादुर महतरा, रुद्र बन्जाडे, लोकराज जैसी, लुम्विनी प्रदेश उपाध्यक्ष लिमाकान्त न्यौपाने, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो।

बैठकले विशेष रुपान्तरण अभियानमा खटिनु भएका केन्द्रिय सदस्यहरु एवं प्रदेश उपाध्यक्षको कार्यक्षेत्रको तय गरेको छ। जस अनुसार निर्मल आचार्य-प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका, पित बहादुर महतरा-गौंमुखी गाउँपालिका र झिमरुक गाउँपालिका, रुद्र बन्जाडे-मल्लरानी र ऐरावती, लोकराज जैसी (लोकेश)-स्वर्गद्वारी र माण्डवी गाउँपालिका र प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपानेलाई सरुमारानी गाउँपालिका तय गरेको छ।

त्यस्तै प्रदेश समिति सदस्यहरु र प्रदेश परिषद सदस्यहरुको पनि कार्य विभाजन प्रदेश कार्यालायाको बैठकले गरिसकेको पार्टी जिल्ला संयोजक नमराज अधिकारी(रोशन) ले बताउनु भयो।

त्यस्तै ९ गते आज जबस मोर्चाको संयुक्त बैठक बसेर जबस परिचालन गर्ने, भदौ १०-१२ सम्म गाउँपालिका समितिका बैठक बसी सक्ने, भदौ ११ देखि १३ सम्म वडा समितिको बैठक बसी सक्ने निर्णय भएको संयोजक अधिकारीले बताउनु भयो। बैठकले सबै जबसको कार्यक्रमहरु संयोजन गर्ने जिम्मेवारी प्रदेश सचिवालय सदस्य झपेन्द्रलाई दिएको साथै ज्येष्ठ कम्युनिष्ट मंच, पार्टीका केन्द्र, प्रदेश  र जिल्ला सल्लाहकारहरुको कार्यक्षेत्र तोक्ने जिम्मा पालिका समितिलाई दिइएको संयोजक अधिकारीले बताउनु भयो। साथै आवश्यक ठाउँहरुमा अभियानका अनुगमन सदस्य एंव केन्द्रिय सदस्य नारायण प्रसाद अधिकारीलाई सहयोगको लागि अनुरोध गर्ने निर्णय समेत भएको उहाँले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि एंव पार्टी केन्द्रिय सदस्य तथा अभियानका जिल्ला इन्चार्ज निर्मल आचार्यले जनताका ससाना दु:ख-सुखमा जोडिन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ। उहाँले जनयुद्धको समयमा पनि जनताको हरेक दु:ख-सुखको सारथि बनेकै कारण पार्टी संगठन बलियो भएको र यति परिवर्तन सम्भव भएको हो । अब हामीले जनताको वास्तविक दु:ख र समस्यालाई राम्रोसंग केलाएर समस्या समाधान गर्नु पर्छ। अहिले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्ड सुशासनको लडाइमा होमिएकाले उहाँको अभियान नै पार्टीको अभियान भएकाले भ्रष्ट्राचारी र विकृतिका रुरु सशक्त लाग्न आव्हान गर्नु भएको छ।अझ थप्दै आचार्यले भन्नु भयो ‘माओवादी कार्यकर्ताले त गल्ति गर्ने छुट छैन’।त्यस्तै बैठक केन्द्रिय सदस्यहरु नारायणप्रसाद अधिकारी, पितबहादुर महतरा, रुद्र बन्जाडे, लोकराज जैसी र लुम्बिनी प्रदेश समितिका उपाध्याक्ष लुमाकान्त न्यौपानेले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार