सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई प्रति विद्यार्थी रु. दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरुप प्रदेश सरकारले रु दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । ‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ । साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी…

















