नाैलाेप्रेस डेस्क

735 Posts
धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

कैलाली । धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा बसमा रहेका २९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । बसमा ३५ जना…
पुरा पढ्नुहाेस्
गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा गुरही पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको पहिलो पर्व गुरही पर्वको अवसरमा घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिको आयोजनामा घोडाघोडी नगरपालिका-१ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त  रक्तदान कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । रक्तदान कार्यक्रमले रगत अभावका कारण बिरामीले ज्यान गुमाउने गरेको र यसले गर्दा केही राहत पुग्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा नगर स्तरीय भलमन्सा कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; चट्याङ्गसहित भारी वर्षा

मौसम पूर्वानुमान; चट्याङ्गसहित भारी वर्षा

काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार जसले गर्दा हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ मा “थारु भाषा, सांस्कृति हमार पिहचान; संरक्षण ,संवद्वन कर्ना हमार अभियान " भन्ने नाराका साथ थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६ मा अवस्थित श्री जनजागरण युवा क्लबको आयोजना भएको उक्त थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम सोमबार भव्यरुपमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवा क्लबले आफ्ना पुराना परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।…
पुरा पढ्नुहाेस्
कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ । ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ  ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
पुरा पढ्नुहाेस्
आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

कैलाली । आज थारुहरुको पहिलो तिहार गुरही पर्वको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका सहित जिल्लाका ११ पालिकाले स्थानीय बिदा दिएका छन। उक्त स्थानीय बिदामा गाउँपालिका/नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने भएको छ । १३ पालिका रहेको कैलाली जिल्लाका पहाडी पालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले स्थानीय बिदा दिएका छैनन् ।
पुरा पढ्नुहाेस्
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी पर्व । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको फोटो टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न…
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नम्बर १० ले सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्ण सामाग्री नथुर्पान अनुरोध गरेको छ । वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न अनुरोध गरेको हो । साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढेको वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउने उद्देश्यका साथा सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्णका सामाग्री नथुर्पान आज एक सूचना मार्फत सम्पुर्ण वडा बासीहरुलाई जानकारी दिएका छौं । उक्त सुचनाको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।   पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…
पुरा पढ्नुहाेस्
भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

कैलाली । पहिरोले अवरुद्ध हुनपुगेको भिमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री ज्वालाले हिजो मात्रै पहिरो प्रभावित भीमदत्त राजमार्गको स्थलगत अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण राजमार्ग अवरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । गत साउन २२ गते राति परेको अविरल वर्षा सङ्गै गएको पहिरोले सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म भीमदत्त राजमार्गमा आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । खण्डमा दुई…
पुरा पढ्नुहाेस्