नाैलाेप्रेस डेस्क

822 Posts
लम्की सांगीतिक महोत्सव १ दिनका लागि स्थगित, शुक्रबार उद्घाटन हुने

लम्की सांगीतिक महोत्सव १ दिनका लागि स्थगित, शुक्रबार उद्घाटन हुने

३०, भाद्र २०७९ लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा हुन गइरहेको लम्की सांगीतिक महोत्सव १ दिनका लागी स्थगित भएको छ । यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म संचालन हुन लागेको महोत्सव १ दिनका लागि स्थगित गरिएको महोत्सब मुल आयोजक समितिले जानकारी दिएको छ । “असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोगार्थ ” “स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान”भन्ने मुल नाराका साथ लम्की एफ .एम.९२.१ मेघाहर्जको आयोजनामा उक्त महोत्सव हुन लागेको हो । महोत्सवको समुद्वाटन कार्यक्रम आज ३० गते गर्ने भनिएकोमा अकस्मात आएको बर्षाका कारण आजको लागि स्थगित गरिएको छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

बर्दगोरियामा विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

३०, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । विपद जोखिम व्यवस्थापन स्थानियकरण सम्बन्धी २ दिने क्षमता अभिबृद्दी तालिम बर्दगोरियामा बिहिवार बाट सुरु भएको छ । विपद बाट हुन सक्ने क्षतिको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संघीय प्रशासन मन्त्रालयको सहयोगमा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला संग छलफल सहित तालिम गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहहरूलाई जारी भएको नमुना कानुन बमोजिम धेरैजसो स्थानीय तहहरूमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन…
पुरा पढ्नुहाेस्
तातोपानी र रसुवातर्फका नाका आजदेखि खुला

तातोपानी र रसुवातर्फका नाका आजदेखि खुला

काठमाडौँ । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । (more…)
पुरा पढ्नुहाेस्
माओवादी आन्दोलनले गर्दा आज सबैले स्वतन्त्रता पाएका हुनः पवित्रा गिरी

माओवादी आन्दोलनले गर्दा आज सबैले स्वतन्त्रता पाएका हुनः पवित्रा गिरी

३०, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि नेकपा (माओवादी केन्द्र) ले युवा नेतृ पवित्रा गिरिको नाम सिफारिस गरेको छ । पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यमा युवा नेतृ गिरीको नाम सिफारिस गरेको हो । गिरी लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सक्रिय भुमिकामा रहेकी छन । उनी भुमिगत हुँदै करिब दुई दशक भन्दा लामो समय माओवादी आन्दोलनमा रहि काम गर्दै आएकी हुन । गिरी २०५७ साल देखि पार्टीमा आवद्ध हुर्दै विभिन्न भुमिकामा रहेर…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभरका केहि ठाँउमा भारी वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभरका केहि ठाँउमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसममा आज पनि आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा…
पुरा पढ्नुहाेस्
देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
पुरा पढ्नुहाेस्
काठमाडौँमा असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध, अटेरी गर्नेलाई कारबाही

काठमाडौँमा असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध, अटेरी गर्नेलाई कारबाही

३०, भाद्र २०७९ काठमाडौं । असोज १ गतेदेखि काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध गरिएको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ। ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक…
पुरा पढ्नुहाेस्
आज भाद्र ३० गते, तपाईंको आजको राशिफल

आज भाद्र ३० गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र ३० गते, बिहीबार, १५ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष पञ्चमी तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ…
पुरा पढ्नुहाेस्
लम्की सांगितीक महोत्सवको बिहिबार नगर प्रमुख शाहीले उद्घाटन गर्ने

लम्की सांगितीक महोत्सवको बिहिबार नगर प्रमुख शाहीले उद्घाटन गर्ने

२९, भाद्र २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको भोलि एक कार्यक्रमका विच नगर प्रमुख सुशीला शाहीले उद्घाटन गरे भएकी छन । लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते भोदि देखि असोज ९ गते सम्म हुन लागेको टउक्त लम्की सांगितीक महोत्सव २०७९ को सम उद्घाटन नगर प्रमुख सुशीला शाहीले गर्ने भएको महोत्सवका प्रचारप्रसार समिति संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार भोलि उद्घाटन कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति रहने छ । हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव छिमेकी पालीका बर्दगोरिया गाउँपालिकामा रहेको सहारा…
पुरा पढ्नुहाेस्
बल दिवसको दिन मात्र होईन, सधै बाल आधिकारको हकमा बोलौंः अध्यक्ष कुँवर

बल दिवसको दिन मात्र होईन, सधै बाल आधिकारको हकमा बोलौंः अध्यक्ष कुँवर

२९, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । आज ५८ औं राष्ट्रिय बाल दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपामा मनाइएको छ । “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नारासहित बर्दगोरिया गाउँपालिकामा पनि ५८ औं राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको हो । बर्दगोरिया गाउँपालिका स्तरीय बाल सञ्जालको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बोल्दै प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले बाल दिवस दिनमा मात्र दिवस मनाएर बाल अधिकारको सुरक्षा नहुने बताए । वर्षमा ३ सय ६५ दिन हुन्छन त्यसमा हामीले एक…
पुरा पढ्नुहाेस्