लम्की सांगीतिक महोत्सव १ दिनका लागि स्थगित, शुक्रबार उद्घाटन हुने

३०, भाद्र २०७९ लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा हुन गइरहेको लम्की सांगीतिक महोत्सव १ दिनका लागी स्थगित भएको छ ।

यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म संचालन हुन लागेको महोत्सव १ दिनका लागि स्थगित गरिएको महोत्सब मुल आयोजक समितिले जानकारी दिएको छ ।

“असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोगार्थ ” “स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान”भन्ने मुल नाराका साथ लम्की एफ .एम.९२.१ मेघाहर्जको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

महोत्सवको समुद्वाटन कार्यक्रम आज ३० गते गर्ने भनिएकोमा अकस्मात आएको बर्षाका कारण आजको लागि स्थगित गरिएको छ । आज हुने भनिएको उद्घाटन कार्यक्रम भोलि भाद्र ३१ गते बिहान ८ बजे सम्मका लागी स्थगित गरिएको हो ।

महोत्सबको सम्पुर्ण तयारी पुरा भएको र आज उद्वघाटन हुन नसकेको साथै भोली ३१ गते महोत्सबको उद्वघाटन गरिने महोत्सब मुल आयोजक समितिले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार