नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरियामा विपद व्यवस्थापन समितीको बैठक, वास्तविक पिडितको पहिचान गरि राहत उपलब्ध गराईने

बर्दगोरियामा विपद व्यवस्थापन समितीको बैठक, वास्तविक पिडितको पहिचान गरि राहत उपलब्ध गराईने

पदम राज ओझा १, असोज २०७९ कैलाली । दुई दिन देखि लगातार परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परे पछि जनतालाई समस्या नहोस र वास्तविक पिडितलाई राहत पुगोस भन्ने उद्देश्यले बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवरले विपद व्यवस्थापन समितिको बैठक बोलाएका छन । बिहान देखि गाउपालिका अध्यक्ष कर्ण कुँवरले बाढी बाट प्रभावित विभिन्न वडामा अनुगमन समेत गरेका छन । वर्षात बाट प्रभावित बर्दगोरिया गाउपालिका वडा नम्बर ५ र ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरमा अनुगमन गर्दै समस्या समाधानका लागी विपद व्यवस्थापन समितिको बैठक बोलाएको बताए । बैठकमा उपाध्यक्ष गणेश राज गिरि सहित ६ वटै वडाले आ आफ्नो वडाका…
पुरा पढ्नुहाेस्
कैलालीमा बाढीले बगाएर १ जनाको मृत्यु

कैलालीमा बाढीले बगाएर १ जनाको मृत्यु

राजेन्द्र रावल १ असोज २०७९ कैलाली । कैलाली जिल्लामा बाढीमा बगेर एक युवतीको मृत्यु भएको र एक व्यक्ति बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ताको खाेजि कार्य जारि रहेको छ । धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन । उनी बाढीमा बगेर बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो । उता भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन । वडाध्यक्ष पंकज चौधरीका अनुसार कालुराम बाढीमा बगेर बेपत्ता भएका हुन । कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित…
पुरा पढ्नुहाेस्
अछाम पहिरोमा परि १७ जनाको मृत्यु

अछाम पहिरोमा परि १७ जनाको मृत्यु

१, असोज २०७९ अछाम । अछाममा शुक्रवार दिउँसो देखि परेको अभिरल वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । समाचार स्रोतका अनुसार जिल्लाका विभिन्न पालिकामा गएको पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । यस्तै घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका ४ जना, कमल बजार नगरपालिका का १२ जना र ढकारी गाउँपालिकाका १ जनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहाेस्
अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)

अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)

१, असोज २०७९ बर्दगोरिया (कैलाली) । दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । पानीका कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ६ बिशालनगरका १ दर्जन बढी घरमा पानी पसेको छ । पानी पसेको घरहरुमा ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाही र गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले अनुगमन गरेका छन । बिगत २ दिन देखि परेको अविरल बर्षाले गाउपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका हुन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन् । त्यस्तै सबै वडाहरुमा सामान्य रुपमा घर डुवानमा परेका छन् । पानीको…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभर निरन्तर वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभर निरन्तर वर्षाको सम्भावना

काठमाडौं । सुदुरपश्चिम प्रदेश लगाए देशभरका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। जसको प्रवाभले प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा…
पुरा पढ्नुहाेस्
आज विश्वकर्मा पुजा, फलामे औजारको पुजा गरि मनाइदै

आज विश्वकर्मा पुजा, फलामे औजारको पुजा गरि मनाइदै

१, असोज २०७९ काठमाडौ । आज विश्वकर्मा पुजा । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि…
पुरा पढ्नुहाेस्
नेपाल भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा

नेपाल भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा

३१, भाद्र २०७९ काठमाडौं । नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
पुरा पढ्नुहाेस्
कैलाली निर्वाचन क्षेत्र नं. २ (क) बाट युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस

कैलाली निर्वाचन क्षेत्र नं. २ (क) बाट युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस

३१, भाद्र २०७९ मोहन्याल (कैलाली) । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ क का लागि नेकपा माओवादी केन्द्रले युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस गरेको छ । पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा क बाट समानुपातिक तर्फ युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस भएको छ । जैसी लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सकृय भुमिकामा रहेका छन । उनी माओवादी आन्दोलनमा विद्यार्थी राजनीतिबाट राजनीति सुरुवात गरेका थिए । जैसीले पार्टीको संगठन विस्तारदेखि गाउँ, टोलसम्म पुगेर पार्टीका गतिविधिका बारेमा जनता तथा मतदाता समक्ष जानकारी गराएका छन् । युवाहरू माझ निकै…
पुरा पढ्नुहाेस्
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बर्दगोरियाका चार विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बर्दगोरियाका चार विद्यालय छनोट

३१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको बर्दगोरिया गाउँपालिका ४ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार बर्दगोरिया गाउँपालिका चार विद्यालयमा छनोट परेका हुन । छनोटमा विद्यालयहरुमा कालिका मा.वि नौनियाँ, मोतिभागरति आ.वि कुम्भीया, जगदम्भीके मा.वि खैरेनी र श्री मा.वि कोटातुल्सी परेका हुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् । कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभरका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभरका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । सुदुरपश्चिम प्रदेश लगाएत आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। अति…
पुरा पढ्नुहाेस्