नेपाल भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा

३१, भाद्र २०७९ काठमाडौं । नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार