कैलालीमा बाढीले बगाएर १ जनाको मृत्यु

राजेन्द्र रावल
१ असोज २०७९ कैलाली । कैलाली जिल्लामा बाढीमा बगेर एक युवतीको मृत्यु भएको र एक व्यक्ति बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ताको खाेजि कार्य जारि रहेको छ ।

धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन । उनी बाढीमा बगेर बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो ।

उता भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन । वडाध्यक्ष पंकज चौधरीका अनुसार कालुराम बाढीमा बगेर बेपत्ता भएका हुन ।

कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित भएका छन् । यस्तै जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा मात्र करिब २०० घरमा आंशिक क्षति भएको बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवरले जानकारी दिनु भएको छ । गाउपालिका उपाध्यक्ष गणेशराज गिरीका अनुसार गाउपालिका भित्र भएको वास्तविक क्षतिको बिबरण आइतबार बेलुकी सम्म आउने र साेहि अनुसार राहतको घाेषणा गरिने जानकारी उहाले हामीलाई दिनुभएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार