अछाम पहिरोमा परि १७ जनाको मृत्यु

१, असोज २०७९ अछाम । अछाममा शुक्रवार दिउँसो देखि परेको अभिरल वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

समाचार स्रोतका अनुसार जिल्लाका विभिन्न पालिकामा गएको पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

यस्तै घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका ४ जना, कमल बजार नगरपालिका का १२ जना र ढकारी गाउँपालिकाका १ जनाको मृत्यु भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार